Chicken wings receipe

 चिकेन विङ्ग्स बनाउनको लागि सुरुमा मसला तयार गर्नुपर्छ । यसको लागि सुरुमा खलमा जिरा र धनियाँ पिन्नुपर्छ । त्यसपछि त्यसमा लसुन-अदुवा , पुदिना राखेर मसिनो हुने गरि पिन्नुपर्छ ।

चिकेन विङ्ग्सलाइ एउटा भाँडोमा राख्नुपर्छ र त्यसमा पिनेको मसला राख्नुपर्छ । अब त्यसमा खुर्सानीको धुलो, नुन, मरिचको धुलो, पीठो, तेल, गरम मसला र कागतीको रस राखेर राम्रोसंग मुछ्नुपर्छ । त्यसपछि त्यसलाई छोपेर आधा घण्टा यत्तिकै राख्नुपर्छ र आधा घण्टा पछि ओभनमा राख्नुपर्छ । ओभन छैन भने त्यसलाई फ्राई गर्न पनि सकिन्छ ।

चिकेन विङ्ग्सको लागि सस पनि तयार गर्नुपर्छ । त्यसको लागि एउटा भाँडामा बटर तताउनुपर्छ । त्यसमा टोमाटो सस, खुर्सानी, लसुनको धुलो, नुन, चिनी, कागतीको रस राखेर चलाउनुपर्छ । अब चिकेन विङ्ग्स पाकेपछि यो ससलाई त्यसमा राखेर वरिपरि लाग्ने गरि मोल्नुपर्छ

Comments

Popular posts from this blog

information technology newd

congress news