भुलेर पनि नगर्नुहोस् राती सुत्नु भन्दा अगाडी यस्तो ६ गल्ति नत्र पछुताउनु होला

 जिवित प्राणीलाइ निन्द्रा नभई नहुने चिज हो । मान्छेले आधा जीवन त सुतेरै बिताउँछन् तर निन्द्रा गहिरो र आरामदायी भने हुनुपर्छ । नत्र स्वास्थ्यलाई हानी गर्छ भने हाम्रो दैनिकीमा समेत खटपट हुन्छ । एक अध्ययन अनुसार विश्वमा ३९ प्रतिशत मानिस मात्रै आरामसँग सुत्ने गरेका छन् । २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनाुवकै कारण सुत्न सक्दैनन् । धेरैजसो आफ्नै गल्तीका कारण मानिसहरु आफ्नो निन्द्रा सुरक्षित बनाउन सक्दैनन् ।

त्यस्ता केही कारण, जाे बानी तपाईमा छन् भने तुरुन्त हटाउनुः

१. पाल्तु जनावरसँग सुत्ने- एउटा अध्ययनले देखाए अनुसार पाल्तु जनावरलाई सँगै राखेर सुत्ने मानिसहरुमध्ये ६३ प्रतिशत मस्तसँग सुत्न सक्दैनन् । त्यसैले सुत्दा जहिले पनि पाल्तु जनावरलाई सँगै राखेर नसुत्नुहोला । ती जनावरको र्याल र अन्य रोग मानिसमा सर्ने भएकोले पनि सँगै सुत्नु निन्द्रा मात्रा नभई स्वास्थ्यको हिसाबले पनि उचित नहुने स्वास्थ्र्कीहरु बताउँछन् ।

२. राति कफी पिउने- तपाई सुत्नु भन्दा अगाडि कफी कदापि नपिउनुहोस् । कफिन आफैमा उत्तेजक पदार्थ भएकाले अलि कडा कफी खाएर सुत्दा सुताईको न्युरो ट्रान्समिटरलाई अवरोध गरिदिन्छ र इन्सोमेनिया निम्त्याइदिन्छ । पकाएको चिनीले पनि सुत्ने समयमा हर्मन नियन्त्रण गर्ने अंगलाई दबाब दिन्छ जसका कारण तपाईलाई रातभर निन्द्रा नआउन सक्छ ।

३. अलार्म लगाउने- तपाईले मध्य रातमा अलार्म लगाउने गर्नु भएको छ ? त्यो बानी हटाउनुहोस् । कतिपयले अलार्म लगाएर मध्ये रातमा निन्द्राबाट ब्युतिएर आफ्नो काम सकेर फेरि सुत्ने गर्छन् । तर यसो गर्दा स्वास्थ्यमा गम्भिर असर गर्छ । यसो गर्दा दिउसोभर कमजोर अनुभव समेत हुन्छ । त्यसैले मध्य रातमा अलार्म नलगाउनुहोस् । बरु ठीक उठ्ने समयमा मात्र अर्लाम लगाउनुहोस् । सकभर आफैं ब्युतने प्रयास गर्नुहोला ।

४. अत्यधिक मदिरा सेवन- कोहीले अत्यधिक मदिरा सेवन गर्ने सुत्ने गर्छन् । मदिरा सेवन गरेर सुत्दा निन्द्रा नलाग्ने होइन । तर, यसरी सुतेमा बेहोसमा ढले जस्तो हुन्छ र भोलिपल्ट टाउको गह्रोङ्गो हुन्छ । मदिरा सेवन गरेर सुत्दा प्राय मानिसले सपना देखिदैन् भन्छन् । यही कारणले नदेख्ने बताइन्छ । एक युनिट मदिरा प्रोसिस गर्न शरिरलाई सामान्यतया १ घन्टा लाग्ने गर्दछ । सुत्ने बेलामा बरु मदिराको सट्टा हर्बल टी सेवन गर्दा राम्रो हुन्छ ।

५. बेडमा प्रविधिको प्रयोग- ७८ प्रतिशत मानिसले स्मार्ट फोन, ट्याबलेट, ल्यापटप आदिको प्रयोग गर्छन् । तर, त्यस्ता उपकरणहरुबाट उत्पादन हुने निलो प्रकाशले सुत्नका लागि सहयोग गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्न ढिलाइ गर्छ । कतिपय अवस्थामा उत्पादनै गर्दैैनन् ।

Comments

Popular posts from this blog

information technology newd

congress news

Chicken wings receipe