प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

 काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनायो । बैठकमा सबै दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपाा एमालेले लगातार अवरोध गरिरहेको र सरकारले एमसीसी सम्झौता संसदमा लैजाने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमसीसीमा सर्वदलीय समर्थन जुटाउने प्रधानमन्त्रीको पहलअनुसार सर्वदलीय बैठक बोलाइएको हो ।

Comments

Popular posts from this blog

information technology newd

congress news

Chicken wings receipe