chicken thukpa receipr

 चिकेन थुक्पा

चाहिने सामाग्री
थुक्पा एक प्याकेट, खुर्सानीको धुलो एक सानो चम्चा, गरम मसला एक ठूलो चम्चा, काटेको हरियो प्याज एक ठूलो चम्चा, गाँजर मसिनो गरी काटेको एककप, क्याप्सिकन९रातो, हरियो,पहेंलो० एक कप, बेसार सानो चम्चाको एक चम्चा, मसिनो टुक्रा बनाएर काटेको एक ठूलो चम्चा लसुन, एक ठूलो चम्चा अदुवा, एउटा रातो ठूलो प्याज मसिनो लामो आकारमा काटेको, ३ वटा हरियो खुर्सानी लामो आकारमा काटेको, बन्दा एक कप, मसिनो काटेको एक ठूलो चम्चा धनियाँ, हड्डी नभएको चिकेन २०० ग्राम, तेल ३ ठूलो चम्चा, एउटा कागती,
बनाउने तरिकाः
थुक्पालाई चार मिनेट जति उमालेर एउटा भाँडोमा राख्ने, एउटा भाँडोमा तेललाई राम्रोसँग तताउने । त्यसमा अदुवा लसुन राख्ने, अनि बेसार राखेर चलाउने । हल्का खैरो भएपछि चिकेन राखेर राम्रोसँग चलाउने र फ्राई हुन छोडिदिने । राम्रोसँग फ्राइ भएपछि प्याज, हरियो खुर्सानी, मसला, नून राखेर पकाउने । त्यसपछि टमाटर राखेर पकाउने, टमाटर गल्न सुरु भएपछि सबै भेजिटेवल्सहरु राखेर ५ मिनेट जति पकाउने, त्यसपछि आवश्यकताअनुसार पानी राख्ने र उमाल्ने । अनि उसिनेको थुक्पालाई त्यसमा राखेर १ मिनेट जति पकाउने । अब थुक्पा तयार भयो । यसमा धनियाँले सजाउनुहोस् र कागतीको रस पनि राख्नुहोस् र सर्व गर्नुहोस् ।

Comments

Popular posts from this blog

information technology newd

congress news

Chicken wings receipe