egg curry receipe

 चाहिने सामाग्री

६ वटा उसिनेको अण्डा, एक चम्चा हरियो खुर्सानी मसिनो गरी काटेको, रातो खुर्सानीको धुलो एक चम्चा, करी पाउडर एक ठूलो चम्चा, अदुवा र लसुन काटेको एक ठूलो चम्चा, एक चम्चा बेसारको पाउडर, एक ठूलो चम्चा गरम मसलाको धुलो, २ वटा टमाटर काटेको, २ ठूलो चम्चा तेल, एउटा प्याज काटेको, ल्वाङ सुकमेल ३–३ वटा ।

बनाउने तरिका
प्याज र टमाटरको पेस्ट बनाउने, यस पेस्टमा लसुन अदुवा राखेर मिक्स गर्ने, उसिनेको अण्डामा सानो सानो प्वाल पार्ने, अब प्यानलाई तताउने, प्यान तातेपछि तेल राख्ने, तेल राम्रोसँग तातेपछि अण्डालाई गोल्डेन हुन्जेल फ्राई गर्ने, त्यसपछि अण्डा निकालेर प्लेटमा राख्ने । अब त्यही तेलमा जीरा फुराउने र ल्वाङ् सुकमेल राख्ने, तेजपत्ता राख्ने, हरियो खुर्सानी राखेर राम्रोसँग चलाउने । सबै फ्राई भएपछि लसुन अदुवा र प्याजको पेस्ट राख्ने र कम हिटमा पकाउने । त्यसपछि टमाटरको पेस्ट राख्ने, अनि आवश्यक नून राख्ने, रातो धुलो खुर्सानी राख्ने, बेसार राख्ने, करि पाउडर राख्ने र राम्रोसँग चलाएर बिर्को लगाएर ३ मिनेट पकाउने । त्यसमा एक गिलास पानी हाल्ने र अलि अलि उम्लिन थालेपछि अण्डा राख्ने र मसला पनि राख्ने, मसिनो गरी काटेको धनियाँ राखेर राम्रोसँग चलाउनुहोस् । पाँच मिनेट हिट मिडियम गरेर राख्ने । अण्डा करी तयार भयो । अब यो खाना, चिउरा, रोटी जे सँग पनि खान सक्नुहुन्छ ।

Comments

Popular posts from this blog

information technology newd

congress news

Chicken wings receipe