Fish curry receipe

 फिस करी

आवश्यक सामाग्री
१ केजी माछा, ९कम फ्याट भएको०, १ ठूलो चम्चा तेल, तोरीको दाना १ चम्चा, १ ठूलो चम्चा अदुवा र लसुन, १ चम्चा हरियो खुर्सानी, १ चम्चा रातो खुर्सानी, १ चम्चा बेसारको धुलो, नून स्वादअनुसार, काटेको टमाटर एक कप, प्याज मसिनो काटेको १ कप, सजाउनका लागि १ कप धनियाँ, एक चम्चा जीरा र २ चम्चा भुटेको तिल ।
बनाउने तरिका
पहिले एउटा माछालाई सफा गरी धुने, जिरा, धनियाँ, तोरी, तील, लसुन र अदुवा, हरियो खुर्सानी र अलिकति पानी राखेर ग्राइण्डरमा पिस्ने । माछामा थोरै नुन राख्ने, धनियाँ राख्ने, खुर्सानी र बनाएको पेस्टलाई अलिकति राखेर राम्रोसँग मोल्ने, ३ मिनेट जति मोल्ने । तेल तताउने र त्यसमा माछा राखेर खैरो हुन्जेल दुवैपट्टी फ्राई गर्ने । त्यसपछि थोरै तेल राखेर प्याज हाल्ने, बाँकी पेस्ट मसला पनि राख्ने, बाँकी बेसार, खुर्सानीको धुलो र नून राखेर चलाउँदै ३ मिनेट पकाउने । टमाटर राखेर राम्रोसँग चलाएर ३ मिनेट छोपेर पकाउने । त्यसपछि आधा लिटर जति पानी राख्ने, उम्लन लागेपछि फ्राइ गरेको माछा राख्ने र सानो आँचमा ५ मिनेट जति पकाउने । अब तयार भयो । माथिबाट हरियो धनियाँ राख्ने र मनपर्छ भने कागतीको रस पनि राख्न सकिन्छ ।

Comments

Popular posts from this blog

information technology newd

congress news

Chicken wings receipe