Goat leg soup receipe

 आवश्यक सामाग्री

२ वटा खसीको खुट्टालाई टुक्रा बनाउने, ३० एमएल तोरीको तेल, २ वटा मिडियम साइजको काटेको प्याज, मेथी अलिकति, आधा चम्चा वेसारको धुलो, १ टेवल स्पुन अदुवा र लसुनको पेस्ट, मीट मसला या गरम मसला १ चम्चा, खुर्सानीको धुलो १ सानो चम्चा, स्वादअनुसार नुन, जीराको धुलो १ सानो चम्चा, २ वटा तेजपत्ता, ८० ग्राम काटेको टमाटर र २ टेवल स्पुन धनियाँ ।
बनाउने तरिकाः
कुकर राम्रेसँग तताउने, अनि त्यसमा तेल राख्ने । तेल तातो भएपछि मेथीको दाना फुराउने, मेथी खैरो भएपछि प्याजलाई राख्ने र खैरो हुन्जेल भुट्ने । तेजपत्ता राखेर भुट्ने अनि वेसार राख्ने, त्यसपछि खसीको खुट्टाको टुक्रालाई राखेर राम्रोसँग फ्राई गर्ने । अदुवा लसुनको पेस्ट, खुर्सानीको धुलो, मसला सबै राखेर चलाउँदै पकाउने । ५ मिनेट भुटेर टमाटर राख्ने । अनि गरम मसला राख्ने । तातोपानी १ लिटर या आवश्यकताअनुसार राख्ने । राम्रोसँग चलाउने र कुकुरको बिर्को लगाइदिने । १५ सिठी लागेपछि आँचबाट निकाल्ने, सुप तयार भयो ।

Comments

Popular posts from this blog

information technology newd

congress news

Chicken wings receipe