sleeping problem

 कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । यो समस्याले स्वयं व्यक्तिलाई भन्दा पनि सँगैको अर्को मानिसलाई बढी असर पुर्‍याउँछ ।

किन घुर्छ मानिस ?
घाँटी र नाकको श्वास नली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ । तब साँघुरो नलीबाट छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँछ। यही घुर्ने समस्याले धेरैलाई अप्ठेरोमा पार्दछ ।
यसबाट छुटकारा पाउन के गर्ने ?
– अत्यधिक धूम्रपान, मद्यपान र लागु औषधबाट टाढा रहने ।
– नियमित रूपमा व्यायाम गर्ने ।
– प्रशस्त मात्रामा पानी पिउने ।
– सुत्नु अघि ३ घण्टा अगाडी खाना खाने ।
– खानामा कम मसला, चिल्लो, पिरो खाने ।
– सुत्दा उत्तानो परेर नभई कोल्टे परेर सुत्ने ।
– मोटोपन घटाउने ।
– राती सुत्दा झ्याल वा भेन्टिलेसनबाट थोरै हावा आवतजावत हुन दिने ।
– अत्यधिक घुर्ने समस्या भए चिकित्सकको परामर्श लिने ।

Comments

Popular posts from this blog

information technology newd

congress news

Chicken wings receipe